दीपकराज जोशीको मागः मेरो प्रमाणपत्र छानविन गरियोस्

१९ साउन, काठमाडौं । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशीले आफ्नो शैक्षिक प्रमाणपत्रमाथि स्वतन्त्र छानविन गर्न सरकारसँग माग गरेका छन् ।

संसदीय सुनुवाई विशेष समितिले शैक्षिक प्रमाणपत्र शंकास्पद रहेको लगायतका कारण देखाउँदै प्रधानन्यायाधीश बनाउन अस्वीकार गरेपछि जोशीले पुष्टि गर्न चुनौती दिएका हुन् ।