११ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताबाट अस्विकृतहरुको भएकाहरुको चुरीफुरी उपयुक्त नहुने बताउन बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकलाई शुक्रबार बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले संसदमा साँसदहरुलाई सरकारका काम कारबाहीका बारेमा डटेर कुरा राख्न निर्देश्न दिनुभएको छ । “संसदीय अभ्यासमा अभ्यस्त भइसकेका साथीहरुले अगुवाइ गर्ने नयाँ साथीहरुले त्यसलाई पछ्याउने गर्नुप¥यो” प्रधानमन्त्री ओलीले भन्नुभयो “शिर्ष नेताहरुले सरकार,नीति तथा कार्यक्रम र बजेटका पक्षमा खुलेर कुरा राख्नु पर्छ । जसले गर्दा संसद र जनतामा पनि राम्रो सन्देश प्रवाह हुन्छ ।”संसदमा एक दुईजना उभिएका भरमा संसद अवरुद्ध हुन दिनु नुहुने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले असोज ३ गते सम्ममा कानुनहरु बनाइ सक्नु पर्ने भएकोले संसद अवरुद्धताले यो कार्यसुचीलाई असर गर्ने बताउनुभएको छ । “यी सबै काम समयमै सक्नका लागि हाम्रा सांसदहरुले सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई बल दिनु पर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सरकारले मन्त्रालय विभाजन भन्नुको कुनै तुक नभएको बताउनुभएको छ । “संविधानले २५ वटासम्म मन्त्रालय र मन्त्री बनाउन अधिकार दिएको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यस कारण आवश्यकता अनुसार मन्त्रालय विभाजन गरिएको हो ।” वर्तमान सरकार थपना नभएकोले सक्रियतापूर्वक काम गर्ने बताउनुभएको छ । “यस सरकारलाई असफल हुने छुट छैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसलाई असफल हुन पनि दिइदैन ।” वर्तमान सरकार बनेपछि बेथिती र भ्रष्टाचार घट्दै गएको भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो “ कतै भ्रष्टचार भएको थाहा पाउनुभयो भयो भने भन्नुहोस म अनुहार नहेरी कारबाही गर्छु ।”
कार्यक्रममा प्रधानमन्त्री ओलीले डा.गोविन्द केसीको अनसन तोडाउनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पनि पार्टी सरकार विरुद्ध भइरहेका षडयन्त्रलाई चिर्नु पर्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !