मस्को, ७ असार । साउदी अरेबियालाई १–० ले हराउँदै उरुग्वे प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह ए मा रहेको उरुग्वेले दोश्रो चरणको खेलमा पनि जीत निकाल्दै अघिल्लो चरण प्रवेश गरेको हो । उरुग्वेको जीतसँगै समूह ‘ए’बाट आयोजक रुसको पनि अघिल्लो चरण पक्का भएको छ ।

एरुग्वेको जीतका लागि खेलको २३ औं मिनेटमा लुइस सुवारेजले गोल गरे । समूह बिजेताका लागि अब उसले रुससँग खेल्नेछ । रुसलाई हराउन सके एरुग्वे समूह बिजेता र हराउन नसके वा बराबरी भएमा समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुग्नेछ ।

उरुग्वेले अहिलेसम्म साउदीलाई हराउन सकेको थिएन । साउदी पहिलो खेलमा आयोजक रुससँग ५–० ले पराजित भएको थियो । उरुग्वेले पहिलो खेलमा इजिप्टलाई १–० ले पराजित गरेको थियो ।

दुई पटकको पूर्वविजेता उरुग्वे अघिल्लो संस्करणमा प्रिक्वाटरफाइनलबाट बाहिरिएको थियो । यता साउदी अरब भने सन् २००६ पछि पहिलो पटक विश्वकप खेलेको हो । उसले सन् १९९४ यता विश्वकपमा जित हात पार्न सकेको छैन ।

साउदी अरेबियाले खेलेका विश्वकपका खेलमध्ये दुई वटामा बराबरी खेलेको छ । साउदी अरबले सन् १९९४ मा आयोजित विश्वकपमा दोस्रो चरणसम्मको यात्रा तय गरेको थियो ।

यी दुई टोलीबीच अन्तिम पटक सन् २०१४ मा भेट भएको थियो । जुन खेल १–१ गोलको बराबरीमा सकिएको थियो । त्यसअघि एकपटक मात्र भेट भएकामा सन् २००२ को उक्त प्रतिस्पर्धा साउदी अरबले ३–२ गोलले जितेको थियो । समूह ‘बी’को दोश्रो चरणको खेलमा स्पेन र इरानबीच राती पउने १२ बजे खेल हुनेछ । एजेन्सी

[pt_view id=”9affe526c9″]

प्रतिक्रिया दिनुहोस !