नेपालले मलेसियालाई भन्यो: नेपाली कामदारको अतिरिक्त शुल्क तत्काल हटाउनू

काठमाडौँ: नेपाल सरकारले नेपाली नागरिकसँग लिइने गरिएको अतिरिक्त शुल्क हटाउन मलेसिया सरकारसँग आग्रह गरेको छ ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालका लागि मलेसियाका कार्यबाहक राजदूत अहमद फेडिल इस्मेललाई मन्त्रालयमा बोलाई रोजगारमा मलेसिया जाने कामदारसँग मनोमानी लिइएको अतिरिक्त शुल्क हटाउन आग्रह गरेका हुन् ।

मलेसिया जाने कामदारबाट बायोमेट्रिक, भिएलएन, ओएससी, जिएससी र माइग्रामका नाममा लिइँदै आएको अतिरिक्त शुल्क खारेज गर्ने सरकारको निर्णयपछि कामदार र व्यवसायीमा अन्योल देखिएका बेला मन्त्री ज्ञवालीले त्यस्ता शुल्क तत्काल हटाउन आग्रह गरेका हुन् ।

त्यस प्रकारका अवाञ्छित, गैरकानूनी र एकपक्षीय शुल्कले नेपाली कामदारले झण्डै १८ हजार रकम तिर्दै आएका छन् ।

मन्त्री ज्ञवालीले नेपाल सरकारले निःशुल्क प्रवेशाज्ञा र निःशुल्क टिकटमा कामदार पठाउन प्राथमिकता दिएको बताउँदै मलेसिया जाने कामदारमाथि लादिएको अतिरिक्त शुल्क न्यायोचित नभएकाले यसलाई तत्काल सम्बोधनका लागि मलेसिया सरकारलाई सन्देश दिन आग्रह गरेका हुन् ।

नेपाल र मलेसियाबीच श्रम सम्झौता गरेर यस समस्याको समाधान गर्न पनि भेटमा कुराकानी भएको मन्त्रालयका सहसचिव भृगु ढुंगानाले जानकारी दिए ।

कार्यबाहक राजदूत इस्मेलले मलेसियाले अन्य मुलुकबाट कामदार ल्याउँदा पनि सोही प्रकारको प्रक्रिया भएको अवगत गराउँदै आफ्नो मुलुकमा नयाँ सरकार आएकाले त्यहाँ सन्देश पुर्‍याउने बताएका थिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारमाथि लिइएको त्यस्तो शुल्क खारेज गर्न परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गर्न अनुरोध गरेको थियो । रासस

Comments (6)

  1. Hello, tender thanks you in regard to tidings! I repost in Facebook

  2. Hello, tender thanks you in spite of tidings! viagra erection http://viapwronline.com I repost in Facebook.
    herbal viagra

  3. Hello, show one’s gratitude you http://cialisxtl.com looking against news! 5 mg cialis coupon printable
    buy viagra online

  4. Cialis cialis coupons tiujana cialis

  5. Cialis interactions for cialis $200 cialis coupon

Comment here